
३७१५ पटक हेरिएको

विराटनगर ।झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारानगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय अनिल दनुवार समेतलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का ३१ बर्षीय सनम माझीलाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १०० चक्की Vomine-25, Antikof -७ सय चक्की र Tramadol ७ सय क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।
यसका साथै बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको चौबिसे गाउँपालिका-६ का २२ बर्षीय पुजन लिम्बु र कारोबारमा संलग्न २२ बर्षीय पुजन लिम्बु, २२ बर्षीय सेसेहाङ चेम्जुङ, २२ बर्षीय जेम्सन लिम्बु र ३७ बर्षीय दिनेश लिम्बुलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ९ सय मिलिग्राम र नगद ४१ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो ।