प्रेमिल कथा बोकेको संकल्प श्रेष्ठको ‘झुठै भएनी’ सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, जेठ २४, २०८२

१३४५४  पटक हेरिएको

काठमाडौं।गायक संकल्प श्रेष्ठको नयाँ गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। शब्द, संगीत र स्वर स्वयम्  संकल्प श्रेष्ठको रहेको यस गीतको म्युजिक भिडियोलाई निकोलस गुरुङले निर्देशन गरेका छन्। भिडियोलाई सजीव बनाउने कार्यमा कलाकार सागर थापा धुर्ब, मनिषा गुरुङ र रोहन नेपालीले अभिनय प्रस्तुत गरेका छन्।

भिडियोको छायांकन र रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादन अनुप गुरुङले गरेका छन्। कथा, पटकथा तथा सह-निर्देशनको जिम्मेवारी सैलेश त्साजनले सम्हालेका छन्।चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘Sankalpa Shrestha’ मार्फत सार्वजनिक गरिएको हो।  भिडियोका  निर्माता बिबेक गुरुङ हुन्। निर्माण टिमले भिडियोलाई हेरी प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!