वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, जेठ २७, २०८२

३९९६  पटक हेरिएको

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट परोहा नगरपालिका-८ घर भएका ३५ वर्षीय हरि कृष्ण ठाकुर, ललितपुर महानगरपालिका-५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका-१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।

पक्राउ मध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरिलाई काठमाडौं महानगरपालिका-२२,
रिनालाई ललितपुर महानगरपालिका-५ र कविराजलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!