सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, आषाढ ०४, २०८२

७१३  पटक हेरिएको

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH KHEMANI मंगलबार राति पक्राउ परेकी छिन् ।

एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!