ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आषाढ १०, २०८२

२६०३  पटक हेरिएको

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-४ घर भएका २९ वर्षीय राजेश बरामलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राजेशले ग्रिस पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!