
९०१ पटक हेरिएको

खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ८ सय ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय रोजन तिमल्सिना र २५ वर्षीय करण चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०६-०१ प ६९९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।