बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आषाढ २४, २०८२

४७७  पटक हेरिएको

काठमाडौं।बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ४९ वर्षीय अमित लाल जोशी र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट सोमबार पक्राउ गरेको हो ।

साथै सोही मुद्दामा फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका-२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये अमितलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!