सुनसरीमा करिब १२८ किलो गाँजा बरामद

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, साउन १८, २०८२

१२९४  पटक हेरिएको

सुनसरी।बर्जु गाउँपालिका-३, धत्ता टोलबाट प्रहरीले करिब १२८ किलो ४५० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार साँझ प्रहरी चौकी अमडुवाबाट खटिएको टोलीले धत्ता टोलबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह १५१४ नम्बरको अटोलाई रोक्न खोज्दा चालक गाडी छाडेर भागेका थिए ।

प्रहरीले अटोको खानतलासी गर्दा पाँच वटा जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो । प्रहरीले हाल फरार चालकको खोजी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!