मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक :मन्त्री राई

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, जेठ ०२, २०८२

७२९  पटक हेरिएको

विराटनगर।भाैतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र समन्वय आवश्यक रहेकाे बताएका छन् ।स्वास्थ्य सेवा विभागले विराटनगरमा बुधबार आयाेजना गरेकाे प्रदेशस्तरीय एक स्वास्थ्य समिति स्थापना गर्ने सम्बन्धमा प्रस्तावित समिति उपर छलफल तथा एक स्वास्थ्य रणनीति परिमार्जन कार्यशालामा मन्त्री राईले मानव स्वास्थ्यसँगै पशुपंक्षी र वातावरण संरक्षण अपरिहार्य रहेकाे बताएका हुन् । यसकाे लागि प्रदेश सरकार नियमित सहकार्य र समन्वय गरेर अघि बढ्न तत्पर रहेकाे उनकाे भनाइ थियाे ।

कार्यशालामा प्रदेशमा मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षण सम्बर्द्धनका लागि प्रदेशस्तरी एक स्वास्थ्य निर्देशक र प्राविधिक समितिकाे संरचना र रणनीति निर्माण बारे छलफल भएकाे थियाे । मानव, पशुपंक्षीमा फैलिने कुनै किसिमकाे महामारी र स्वस्थ्य वातावरण निर्माणका लागि एक स्वास्थ्य निर्देशक समितिले प्राविधिक समितिमार्फत प्रदेशमा आवश्यक स्राेत साधन जुटाएर काम गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकाेटीले बताएका हुन् ।

छलफलपछि स्वास्थ्य मन्त्रीकाे अध्यक्षतामा गठन हुने एक स्वास्थ्य निर्देशक समितिमा उद्याेग, कृषि तथा सहकारी मन्त्री, मन्त्रालयका सचिवहरूलगायत सराेकारवाला रहने प्रस्ताव गरेकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशककाे अध्यक्षतामा सम्बन्धित सराेकारवाला प्राविधिक रहने गरी प्रदेशस्तरीय एक स्वास्थ्य प्राविधिक समिति गठन गर्नेसमेत प्रस्ताव गरेकाे हाे । निर्देशक समितिकाे निर्देशनमा प्राविधिक समितिले प्रदेशभरि काम गर्ने छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक बाराकाेटीकाे अध्यक्षतामा सम्पन्न कार्यशालामा उद्याेग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगा, स्वास्थ्य र कृषि मन्त्रालयका सचिवलगायत सराेकारवालाकाे उपस्थिति रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!