युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, जेठ १५, २०८२

१९२६  पटक हेरिएको

काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका-१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।

एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका-१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!