स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, आषाढ १९, २०८२

१७९३  पटक हेरिएको

धनुषा।शहीदनगर नगरपालिका-३ यदुकूहाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुवनी बासोपट्टी ग्राम पंचायत बस्ने ४१ वर्षीय श्रवण महतो र ३२ वर्षीय महेश कुमार झा रहेका छन् ।

इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको प्रहरीले बीआर ३२ वाई ९२६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!