सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

१७४०  पटक हेरिएको

काठमाडौं।सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१० घर भएका ३३ वर्षीय गुञ्जन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा पीडितको तस्विर/भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी चरित्रहत्या हुने कमेन्टहरू समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई ललितपुर बाँडेगाउँबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!