अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, आषाढ २३, २०८२

११८५  पटक हेरिएको

खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो  ८ सय ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय रोजन तिमल्सिना र २५ वर्षीय करण चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०६-०१ प ६९९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!