
५९७ पटक हेरिएको

विराटनगर।झापा र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भई शिवसताक्षी नगरपालिका-८ स्थितमा बस्दै आएका २५ बर्षीय जितेन्द्र आङ्देम्बेलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित र मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट २५ किलो २५० ग्राम गाँजा बेकेको BR 38 Q 5686 नम्बरको मोटरसाईकल सहित भारत अररियाका २२ बर्षीय मोहमद ईर्सादलाई प्रहरी चौकी अमाही बरियातीले पक्राउ गरेको छ ।